काठमाडौं - नेपाल कम्युष्टि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा लोकतान्त्रिक तरिकाले निर्वाचित राष्ट्रपति निकालोस मदुरोको विरुद्धमा अमेरिका लगायतका राष्ट्रहरुले गरेको ‘हस्तक्षेप’ को निन्दा गरेका छन् । शुक्रबार एक विज्ञप्ती जारी गरी पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरी जनतालाई विभाजित गर्ने तथा शान्ति, सार्वभौमसत्ता र प्रजातन्त्रलाई चुनौति दिने काम गरिएको…