काठमाडौं – नेपाली सीमाना मिचेर चर्को आलोचना खेपिरहेको भारतले चिनियाँ भूमि पनि अतिक्रमण गरेको खुलेको छ । भर्खरै जारी गरेको नयाँ नक्सामा भारतले चिनियाँ भू–भागलाई समेटेको चिनियाँ पक्षले दाबी गरेको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ थिंक ट्यांक तथा प्राध्यापकहरुले सोमबार नेपाली पत्रकारहरुसँग भारतले चीन र पाकिस्तानको भू–भागसमेत नयाँ नक्सामा समावेश गरेको दाबी गरेका हुन्…