सूचना आयोगको प्रमुख आयुक्तमा गुरूङ सिफारिस, आयुक्तमा को-को?

काठमाडौँ—पूर्वसञ्चार सचिव महेन्द्रमान गुरुङ राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका छन्। उपसभामुख शिवमाया तुम्बाहाम्फेको अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले गुरुङलाई प्रमुख सूचना आयुक्तका लागि सिफारिस गरेको हो। आयोगका आयुक्तका लागि अधिवक्ता कमला वली र दीपक मैनालीको नाम सिफारिस गरिएको छ। उनीहरुको नाम आगामी मन्त्रिपरिषद् बैठकबाट अनुमोदन हुनेछ।