काठमाडौं - प्रतिनिधिसभाको बैठकमा सांसदहरुले कैलाली घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् । कैलालीको घोडाघोडी नगरपालिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन राधा चौधरीमाथि बोक्सीको आरोपमा भएको निर्मम यातनामा संलग्नलाई कडा कारबाही हुनुपर्नेमा आइतबार संसद्मा विशेष महत्व पाएको हो । एक्काइसौँ शताब्दीमा पनि महिलामाथि बोक्सीको आरोपमा कुटपिट भएको र दुव्र्यवहार भएको भन्दै प्रतिनिधिसभाको बैठकमा…