काठमाडौँ– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको शपथ लिएका छन् । नवनिर्वाचित सभामुख महरालाई आइतबार दिउँसो सितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी हुन् । महरा शनिबार सभामुखमा निर्बिरोध निर्वाचित भएका थिए । शुक्रबार उम्मेदवारी दर्ता गराएका महरालाई एमाले नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सभामुखमा प्रस्ताव गरेका थिए भने माओवादी केन्द्रका नेता देव गुरुङले…