काठमाडौं–त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलले प्रयोगमा ल्याएको रेडियो फ्रिक्वेन्सीमा खराबी आएका कारण दुई घण्टादेखि प्रभावित विमानस्थलको उडान सञ्चालन भएको छ। विमानस्थलको भिसिसिएस उपकरण बिग्रिँदा मंगलबार बिहान ९ बजेदेखि उडान प्रभावित भएको थियो। उक्त उपकरण परिवर्तन गरी केहीबेर अघिदेखि उडान सञ्चालनमा ल्याइएको विमानस्थलले जनाएको छ। एयर ट्राफिक म्यानेजमेन्ट, एयर ट्राफिक कन्ट्रोल कम्युनिकेसन लगायतका लागि प्रयोग हुने भिसिसिएस बिग्रिँदा…