काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रहरी हिरासतमा रहेका प्राडा गोविन्द केसीको रिहाइको माग गरेका छन्। अवहेलनाको ठहर गर्दै सर्वाेच्च अदालतले पक्राउ गर्न आदेश दिएपछि महानगरीय प्रहरी परिसरले सोमबार बेलुका डा. केसीलाई अनशन स्थलबाटै पक्राउ गरेको थियो। पूर्वप्रम भट्टराईले बुधबार राति ट्वीट गर्दै डा.केसीको शीघ्र रिहाइका…