बेइजिङ्गमा चीनको विशाल सैनिक परेड,के भने चिनियां राष्ट्रपति सी जिङफिङले ? (फोटोफिचर)

काठमाडौं– चीनले बेइजिङ्गमा विशाल सैनिक परेडको आयोजना गरेको छ । चिनियां कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको ७० वर्ष पुगेको अवसरमा बेइजिङमा बिशेष कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा चीनले बेइजिङ्गमा आफूले बनाएका हतियारको पनि प्रदर्शन समेत गरेको छ ।  चिनियाँ रक्षा मन्त्रालयका अनुसार १५ हजार सेनाले परेड खेल्नेछन् । त्यस्तै १ सय ६० वटा जहाज आकाशमा…