चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार निमार्ण र पार्टी एकता संगसंगै अघि बढ्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि चितवनमा संचारकर्मीसंग सोमबार कुरा गर्दै प्रचण्डले समय अभावका कारण चुनावअघि पार्टी एकता हुन नसकेको दाबी गरे । उनले जनताले विकास र स्थायीत्वको लागी मत दिएको भन्दै नयां बन्ने सरकारले जनचाहनाअनुसार…