धनगढी– कैलालीका नेकपा एमालेका पुराना नेता प्रेम साउँदसहित ७२ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार कैलालीको क्षेत्र नम्बर ४ को चुरे गाउँपालिका वडा नम्बर ६ ढुंगेनीमा आयोजित एक कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य रत्ना शेरचनले नेता साउँदसहित ७२ जनालाई पार्टीको सदस्यता प्रदान गर्नुका साथै स्वागत गनरेका हुन्। कांग्रेसमा प्रवेश गर्नेहरूमा माओवादी केन्द्रका भानसिंह…