जाजरकोट – जाजरकोटको कुशे गाउँपालिका–१ का अध्यक्ष अपहरणमा परेका छन् । नेत्रबहादुर चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरूले वडाअध्यक्ष गोपालबहादुर नेपालीलाई अपहरण गरेका हुन् । नेकपाका कार्यकर्ताले राति २ बजे गाउपालिका कार्यालय नजिकैबाट उनलाई अपहरण गरेको वडाध्यक्ष नेपालीका भाइ प्रमोद नेपालीले जानकारी दिए । नेकपाका जाजरकोट जिल्ला इञ्चार्ज हरिचन्द्र जैसीले…