भक्तपुर – भक्तपुरका एक स्वास्थ्य अधिकृतसहित १२ जनामा डेंगुको संक्रमण देखा परेको छ । भक्तपुर अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीसहित १२ जनामा डेंगु देखिएकोमा दुई जनाको भक्तपुरमै र अरूको टेकुस्थित अस्पतालमा उपचार भइराखेको छ । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेका अनुसार गत बर्षभन्दा यसबर्ष डेंगुको संक्रमण बढी देखिएको छ । न्यौपानेका अनुसार गत वर्ष…