काठमाडौं - गृहमन्त्रालयले नेपालगञ्जबाट ल्याइएका गाईगोरु बाटोमै मृत्यु भएको घटनाको छानविन थालेको छ । मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति बनाएको मन्त्रालयले जनाएको छ । दैलेखको श्रीनाथ लैजान भन्दै नेपालगञ्जको काञ्जी हाउसमा रहेका गाई, गोरु, बाच्छाबाच्छीलाई पठाइएको थियो ।सुर्खेतको वीरेन्द्रनगर ११ स्थित ब्यूरेनी खोलामा २४ वटा गाईगोरु मृत भेटिएपछि त्यसको सर्वोच्च आलोचना…