राप्रपाद्वारा सरकारबाट समर्थन फिर्ता, पार्टी फुटाउन भुमिका खेलेको आरोप

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको छ । सोमबारदेखि जारी केन्द्रीय समितिको बैठकले पार्टी फुटाउन सक्रिय रहेको भन्दै मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।   बैठकपछि प्रवक्ता भुवक पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘राप्रपालाई विभाजित गर्ने कार्यमा परोक्ष भुमिका खेलेको, तथा आत्मसमर्पणवादी मानसिकताबाट ग्रस्त…