यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ - मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागको औसत स्थानभन्दा उत्तरतर्फ रहेकाले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मध्यमदेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यून चापीय रेखा भारतको राजस्थान क्षेत्रमै रहेकाले मनसुनी प्रणाली कम सक्रिय भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद्…