डोटी – डोटीका स्थानीय तहले छाउपडी प्रथा अन्त्य गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेका छन्। छाउपडी प्रथा अन्त्य गर्नका लागि यहाँका स्थानीय निकाय पछिल्लो समय निकै सक्रिय बनेका छन् । यसै सिलसिलामा जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका छाउ अर्थात् महिनावारी नबार्ने महिलालाई पुरस्कारस्वरुप पैसा दिने भएको छ । उक्त गाउँपालिकाले छाउपडी नबारी घरभित्रै…