काठमाडौँ - काठमाडौँ महानगरपालिकाले महानगरभित्र फोहर संकलन गर्ने निजी संस्थाहरु दर्ता गर्नुपर्ने नियम ल्याउने तयारी गरेको छ। हाल निजी संस्थाले आफूखुशी फोहर संकलन गर्दा एकातिर समन्वय नभएको र अर्कातिर राजश्व नआएको भन्दै महानगरले निजी संस्था दर्ता प्रक्रिया अघि बढाउन लागेको हो। अहिले निजी कम्पनीले दैनिक ८० देखि १०० टिपर फोहर सिसडोलमा व्यवस्थापन गर्दै आएको छ।…