काठमाडौं – कोरोना भाइरस (कोभिड–१९)को पीसीआर विधिबाट परीक्षणका लागि निजी क्षेत्रका २० प्रयोगशाला र अस्पतालले इच्छा देखाएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार ९ वटा प्रयोगशालाले अहिले नै आफूहरुसँग पीसीआर मेसिन रहेको भनी आशयपत्र दिएका छन् । तीमध्ये तीन प्रयोगशालाले आफूसँग परीक्षणका लागि आवश्यक किटसमेत रहेकाले अहिले नै परीक्षण गर्न सक्ने…