म्याग्दी - दश वर्षको अवधिमा आफ्ना तीन छोरा वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएपछि घरको आँगनमा रातो बाकसमा आएका तीनवटा शव हेर्न बाध्य बनेका म्याग्दीको मालिका गाउंपालिका–२ रुमको बेलीका लीलमति र धनबहादुर रोकाले आफ्ना शाखा सन्तानलाई अब कहिल्यै पनि विदेश नपठाउने अठोट गरेका छन् । रोजगारको सिलसिलामा खाडीमुलुकमा धन कमाउन पुगेका तीन छोराको शव बाकसमा…