दाङ – डेढ वर्षीय बालकको उपचारका क्रममा ज्यान गएपछि दाङ देउखुरीका एक मेडिकल सञ्चालक पक्राउ परेका छन् । दाङको गढवा गाउँपालिका वडा नं १ जेठानगाउँमा रहेको यूनिक मेडिकल सञ्चालक चेतराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । अर्घाखाँची सितगंगा नगरपालिका घर भई देउखुरी माइती आएकी सीता कुमालले आफ्नो १८ महिने छोरो सुशान्त बिरामी भएपछि यूनिक…