काठमाडौं - ललिता निवासको जग्गा प्रकरणमा नाम मुछिएका पर्वतका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । बालाजुको माछापोखरी स्थित हिमालय सिटी सेन्टरको सातौ तल्लाबाट हामफालेर आत्महत्या गरेको जनाइएको छ । ५७ वर्षीय श्रेष्ठले आइतबार दिउँसो २ बजे बालाजुको हिमालयन सिटी सेन्टरको आठौं तलाबाट हाम फालेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । …