सेनाले भन्याे-प्रधानसेनापतिसँग ‘रअ’ का प्रमुखले भेटेको समाचार ‘मनगढन्ते’

काठमाडौँ— नेपाली सेनाले प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त गोयलबीच भेटवार्ता नभएको दाबी गरेको छ। केही दिन अघि काठमाडौँ आएका गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वराजा ज्ञानेन्द्र शाह, प्रधानसेनापति थापासँग भेट गरेको समाचार बाहिरिएका थिए। तर, सेनाले शुक्रबार विज्ञप्ति जारी गरी प्रधानसेनापतिसँग गोयलको भेट नभएको बरु त्यस्ता ‘समाचारहरु सरासर झुटो, मनगढन्ते…