काठमाडौं– तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता निर्णयको १४ महिनापछि पूर्णता पाएको छ। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको मंगलबारको छलफलले एकताको कामलाई निष्कर्षमा पुर्याएको हो। बैठकमा अध्यक्षद्वयका साथसाथै महासचिव विष्णु पौडेल र रामबहादुर थापा बादल सहभागी थिए। बैठकले केन्द्रीय सदस्यहरुको कार्य विभाजन, विभागहरु गठनबारे सहमति जुटाएको हो। महासचिव…