कास्की र तनहुँबाट सफाइ पाएका विप्लवका ४ कार्यकर्ता पुन: पक्राउ

दमौली - नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट ४ कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ। जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट ४ कार्यकर्तालाई प्रहरीले पुनः पक्राउ गरेको हो। पक्राउ पर्नेमा उक्त समूहका कास्की जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारी, कास्की जिल्ला घर भएका अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, रुकुम घर भएका…