काठमाडौं - अविरल वर्षासँगै आएको बाढी पहिरोे र डुबानबाट पीडित भएका नागरिकहरुलाई सरकारले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले बाढी पहिरो र डुबानपीडित नागरिकलाई राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। त्यस्तै मन्त्रिपरिषदले पुल भत्केका…