काठमाडौं - अनेरास्ववियूका अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सांसद भएपछि संगठनको पुनर्गठन गरिने भएको छ । लामा समानुपातिकतर्फबाट सांसद बनेकी हुन् । एकै व्यक्ति दुई पदमा बस्न नहुने पार्टीको नियमअनुसार लामा अनेरास्ववियूको नेतृत्व छाड्ने तयारीमा छिन् । माओवादी केन्द्रसँग एमालेको पार्टी एकता हुन लागेकाले आफ्ना भ्रातृ संगठनको महाधिवेशन एमालेले रोकेपछि लामाले केन्द्रीय कमिटी बैठकबाट नेतृत्व हस्तान्तरण गर्न…