भक्तपुर - अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा जगातीबाट बनेपातर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बा४९प ५४२७ नंको मोटरसाइकललाई बा१९प ५०८९ नंको कारले ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे बेथानचोक गाउँपालिका–६ का ३४ वर्षीय दीपेन्द्र लामाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण…