काठमाडौं– फागुन २९ गते तय भएको राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। बिहीबार संघीय संसद भवन परिसरभित्र राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। नयाँ संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिको निर्वाचन सम्पन्न गराउन निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत पाटन उच्च अदालतका न्यायाधिश तीलप्रसाद श्रेष्ठले जानकारी दिए। राष्ट्रपति…