प्रधानमन्त्री ओली आज बालुवाटार सर्दै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन् । प्रधानमन्त्री ओली आज अपराह्न ४ः०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । ‘प्रधानमन्त्री ओली बालकोटबाट सरकारी निवास जानुहुने छ,’ प्रेस संयोजक अधिकारीले भने, ‘नयाँ निर्वाचित भइसकेपछि आजै सरकारी निवास बालुवाटार सर्न लाग्नु भएको हो।’…