ह्वाट्स एपबाट ‘चिट’

विराटनगर- एमबिबिएस प्रवेश परीक्षा दिन विराटनगरस्थित नोबेल मेडिकल कलेज पुगेका अधिकांश परीक्षार्थीको हातमा मोबाइल थियो। परीक्षार्थी नोबेल कलेजतर्फ जाँदै गर्दा प्रोफेसरसहित एप्सका जानकार भने एउटा कोठामा एकत्रित भइरहेका थिए। परीक्षार्थीले प्रश्नपत्र पाएलगत्तै एप्सका जानकारहरूको मोबाइल बज्न थाल्यो। मोबाइलको ह्वाट्स एपमा कोड तोकिएको प्रश्नावली ह्वारह्वार आउन थाल्यो। यताबाट 'वेट सी' भन्दै एकाएक प्रश्नको जबाफ प्रोफेसरहरूले कोडमै…