काठमाडौं– नेपाल विद्युत प्राधिकरणले रत्नपार्क र महाराजगन्जको वितरण प्रणाली भूमिगत बनाउन भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडलाई ठेक्का दिएको छ । प्राधिकरणले पहिलो चरणमा २ स्थानको वितरण लाइन भूमिगत बनाउन दोस्रो पटक आह्वान गरेको प्रक्रियाबाट छनोट गरिएको हो । बोलपत्रको नतिजा सार्वजनिक गरेर छनोट भएको कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि उपस्थित हुन पत्राचार गरिएको आयोजना…