चौतारा - भूकम्पपछि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुल तथा सडकको निर्माण तथा मर्मत कार्य तीव्र गतिमा भइरहेको छ । चार वर्षसम्म बन्द रहेको नाका सन् २०१९ को मे १ तारिखमा खुलाई हस्तान्तरण गरिने कार्र्यक्रम रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता सहसचिव रविशङ्कर सैँजुले जानकारी दिए ।…