काठमाडौं– अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा बृहत खेलकुद महोत्सव मंगलबारदेखि सुरु हुने भएको छ। महोत्सव अन्तर्गत सृजना ज्ञानसागरको संयोजकत्वमा फुटबल हुनेछ भने कौशल स्कुलले एथलेटिक्स, लालिगुरासले बास्केटबल, एन्जल्स्हार्टले ब्याडमिन्टन र सेब स्कुलले भलिबल खेल सञ्चालन गरिने ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। महोत्सवअन्तर्गतको छात्र फुटबल मंगलबारदेखि सुरु हुनेछ ।…