काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश भने जारी गरेको छ । मंगलबार पक्षका तर्फबाट केही कानुन व्यवसायीहरुले बहस गरिसकेपछि न्यायाधीश मल्लको इजलासबाट यस्तो आदेश भएको…