काठमाण्डु – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री राजन केसीले कांग्रेस–एमालेको वर्तमान सत्ता गठबन्धन कुनै पनि हालतमा नटुट्ने दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले शेखर कोइराला पार्टीको संसदीय दलको नेता बन्न नसक्ने ठोकुवा गरे । उनले भने, ‘हाम्रो दलको विधानले प्रधानमन्त्री हुनका लागि संसदीय दलको नेता हुनुपर्छ भनेको छ ।…