काठमाडौं– नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी धर्मबहादुर बानियाँले सेना परिचालनसम्बन्धी विद्येयक असान्दर्भिक भएकोले फिर्ता लिनुपर्ने बताएका छन् । उनले भने,‘यो विद्येयक असान्दर्भिक छ, त्यसैले यसलाई फिर्ता लिनुपर्छ।’ आइतबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले सुरक्षा परिषदको बैठकमा मन्त्रीहरु सहभागी नहुने तर ती मन्त्रीहरु मन्त्रिपरिषदको बैठकमा सहभागी हुने भन्ने कुरा पनि हुन्छ त ? भन्दै प्रश्न…