काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली अझै केही दिन अस्पतालमै बस्नुपर्ने भएको छ । त्रिवि शिक्षण अस्पतालले बिहिबार बिहान पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपनि डिस्चार्ज गर्न नसकिने बताएको हो । प्रधानमन्त्रीका निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा दिव्या सिंहले रगत परीक्षण तथा छातीको एक्सरे रिपोर्टहरू सामान्य रहेको र स्वास्थ्य स्थिति सन्तोषजनक…