काठमाण्डु – त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गतको तेस्रो खेल शुक्रबारदेखि जिम्बाब्वे र न्युजिल्यान्डबीच हुँदैछ । नेपाली समय अनुसार बेलुकी पौने ५ बजे जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा खेल शुरू हुनेछ । यसअघि शृङ्खलामा न्युजिल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध पहिलो खेलमा २१ रनको शानदार जीत निकालेको थियो । खेलमा युवा ब्याट्सम्यान टिम रोबिन्सनले अविजित ७५ रन बनाए । बलिङतर्फ जेकब…