काठमाडाैं–रोजगार अनुमति प्रणाली(इपिएस) मार्फत रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपाली कामदारसँग आफ्ना परिवारका सदस्यले भेटघाट गर्न सक्ने भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र नेपालका लागि कोरियाका राजदूत पार्क योङसिकबीच साेमबार भएको शिष्टाचार भेटमा राजदूत पार्कले कोरियामा काम गर्ने नेपाली कामदारका आफन्तलाई भेटघाट गर्न जाने अवसर मिलाइसकिएको र केही कामदारका आफन्तले भेटघाट…