काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो जीवन मुलुकको विकास र समृद्धिका लागि समर्पित गर्ने घोषणा गरेका छन्। शनिबार प्याब्सनद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले अब मुलुकको विकास, निर्माण र समृद्धिको लागि जीवन समर्पित गर्ने संकल्प व्यक्त गरेका हुन्। निजी–सार्वजनिक–सहकारी क्षेत्रको सहकार्यमा मुलुकलाई समृद्ध बनाउने योजना सरकारको रहेको उल्लेख गर्दै…