काठमाडौं– नेपालले हिम चितुवा संरक्षणका लागि स्थानीय समुदाय र त्यसमा पनि युवाहरुको सहभागिता सुनिश्चित गरिनुपर्ने प्रस्ताव गरेको छ । किर्गिस्तानमा भएको हिम चितुवा पाइने १२ देशका वन तथा वातावरणमन्त्रीहरुको बैठकलाई सम्बोधन गर्दै मन्त्री शक्ति बहादुर बस्नेतले स्थानीयको सहभागिताबिना हिमचितुवा संरक्षण प्रभावकारी हुन नसक्ने उल्लेख गर्नुभयो । उहाँले हिमचितुवा संरक्षणमा स्थानीय युवाहरुको सहभागिता वृद्धिलाई नेपालले प्राथमिकतामा…