ठेकेदार मेयर भएपछि हुलाकी राजमार्ग निर्माण १६ महिनोदखी ठप्प, गृहमन्त्री थापाले गर्लान कार्वाही ?

कंचनपुर– पुर्वपश्चिम जोड्ने हुलाकी राजमार्ग निर्माणमा चरम ढिलासुस्ती भएको छ । कञ्चनपुरको डोकेबजार–पुर्नवास–बेलौरी–बेल्डाँडी दैजी हुँदै महेन्द्रनगर जोड्ने ६२ किलोमिटर हुलाकी सडकखण्ड निर्माणमा ढिलासुस्ती भएको हो । बर्षातको पुर्व सन्ध्यामा पनि निर्माण कम्पनीले दैजीदेखि बेल्डाँडीसम्मको सडकखण्ड निर्माणमा वेवास्ता गरेको छ । स्थानीय सरकार प्रमुख समेत रहेका ठेकेदार भीम साउदको कम्पनीले उक्त सडक निर्माणको जिम्मा पाएको थियो…