मकवानपुर - शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक बिदाको दिनमा सञ्चालन भएका सरकारी सवारीसाधन धमाधम नियन्त्रणमा लिन थालेको छ। प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको निर्देशनमा जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालय मकवानपुरले हेटौँडाका विभिन्न स्थानमा चेक गर्दै बिदाका दिनमा सञ्चालन गरिएका सवारीसाधन नियन्त्रणमा लिन थालेको हो। शनिबार बिहान मात्रै मोटरसाइकल र कार गरी नौवटा…