ठेकेदारको ढिलासुस्ती कारण अझै पुनःनिर्माण भएन ‘अछाम दरबार’

अछाम- माओवादी द्वन्द्वका बेला ध्वस्त भएको अछाम दरबार पुनःनिर्माणमा लापरवाही देखिएको छ । विसं २०५८ मा माओवादीले आगजनी गरी ध्वस्त हुन पुगेको दरबार पुनःनिर्माणको काम २०६५ मा शुरु भएको हो । ठेकेदारको ढिलासुस्ती र अन्य कारणबाट निर्माण कार्य सात वर्ष अवरुद्ध हुन पुग्यो । गत भदौमा पुनः शुरु भएको निर्माण कार्य यतिबेला फेरि रोकिएको छ…