काठमाडौं– हलिउडका चर्चित फिल्म निर्माता हार्वी वाइनस्टीन आजकल तनावमा छन्। हलिउडकी लोकप्रिय एवं प्रतिष्ठित अभिनेत्रीहरुले उनीविरुद्ध यौन उत्पीडनको आरोप लगाएकी छन्। जसकारण वाइनस्टीन तनावमा मात्र छैनन् हैरान बनेका छन्। अमेरिकी अभिनेत्री एन्जेलीना जोली, ग्वीनेथ पाल्त्रोव र जेनिफन्र लेरेन्ससहित कई अभिनेत्रीले उनीमाथि आरोप लगाएका हुन्। यो घटनामा वाइनस्टीनविरुद्ध आरोप लगाउनेहरु बढ्दै गएका छन्।…