उड्डयन प्राधिकरणको महानिर्देशकमा पोखरेल, निजगढ विमानस्थल अगाडि बढाउने घोषणा

काठमाडौं— नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजन पोखरेल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बिहीबारको बैठकले निमित्त महानिर्देशक पोखरेललाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। जेठ १२ गते सञ्जीव गौतमले अवकाश पाएपछि पोखरेल निमित्तको भूमिकामा थिए।  पोखरेलले शुक्रबार महानिर्देशकको नियुक्तिपत्र बुझेका छन्। महानिर्देशक बनेसँगै पोखरेलले युरोपेली आकाशमा नेपाली वायुसेवा कम्पनीमाथिको प्रतिबन्धबाट हटाउन पहल गर्ने बताएका छन्। उनले…