नुवाकोट– गेर्खु खोलाको बाढीले गेर्खु पुल बगाएको छ । आइतबार बिहान आएको बाढीले सडकसहित पुलको केही भाग बगाएको हो । अहिले पासाङल्हामु राजमार्गअन्तर्गत नुवाकोटको त्रिशूली-बेत्रावती खण्ड ठप्प भएको छ । पुल र सडकमा क्षति पुगेपछि नुवाकोट-रसुवा आवतजावत गर्न सकिएको छैन । जिल्ला प्रहरी कार्यालयले विदुर नगरपालिका-१ र विदुर नगरपालिका १० जोड्ने पुलको दायाँबायाँको सडक कटान…