दोलखामा ४.२ रिक्टरको भूकम्पको धक्का महसुस

काठमाडौँ - दोलखाको नाम्दु आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ । दिउँसो २ बजेर ३२ मिनेट जाँदा ४.२ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । यसअघि गत साउन ८ गते गजुरी आसपास केन्द्रबिन्दु भई ४.८ रिक्टर स्केलको परकम्प गएको थियो । गत असार २१ गते धादिङको झार्लाङ आसपास…