काठमाडौं– नेकपा (माओवादी) केन्द्रले आफ्ना सांसदको एक महिनाको तलब राहत स्वरुप बाढीपीडितलाई उपलब्ध गराउने निर्णय गरेको छ। माओवादी केन्द्रको संसदीय बोर्डको बैठकले पार्टीका सबै सांसदको एक महिनाको तलब बाढीपीडितलाई दिने निर्णय गरेको हो। बाढीपहिरो प्रभावित जिल्लाका सांसदहरुलाई पीडितहरुको उद्धार, राहत र पुनःस्थापनामा लाग्न पनि बैठकले निर्देशन दिएको पार्टीकी प्रमुख सचेतक रेखा शर्माले जानकारी दिइन्। उनका…