काठमाण्डु – पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलेको छ । चितवनको इच्छाकामना–५ तुइन खोला नजिकै मंगलबार बेलुका पहिरो खस्दा गाडीको आवागमन दुईतर्फी नै अवरुद्ध भएको थियो । पहिरो पन्छाएर सडक आवागमन एकतर्फी खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए । ढुङ्गा खस्ने क्रम नरोकिएकोले यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरिएको…